दैलेखः दैलेख जिल्ला ३२ थरको उद्गम थलो मानिन्छ । दैलेखको दुल्लूस्थित नेपा गाउँ नेपाल थरको उद्गम थलो हो । देशभरीका नेपाल थरका व्यक्तिहरु दैलेख आउने बातावरण तयार गर्दै आन्तरिक पर्यटन बिकास गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको हो । अहेले नेपा गाउँमा भैरव मन्दिर निर्माण गरिएको छ ।
कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत डिभिजन वन कार्यालय दैलेखको सहयोगमा दुल्लू नगरपालिका वडा नं. ३ को नेपामा भैरव मन्दिर निर्माण गरिएको हो । नेपाल थरको उद्गम थलोको रुपमा उक्त मन्दिर आन्तरिक पर्यटन प्रर्वद्धनका लागि जनश्रमदान सहित ११ लाख ८७ हजारमा निर्माण गरिएको हो । मन्दिर निर्माण सँगै १ सय ८० मिटर सडक निर्माण गरिएको स्थानीय माधव खनालले जानकारी दिएका छन् । मन्दिरको वरीपरी चौर निर्माण गरिएको छ, मुर्ती समेत खरिद गरेर ल्याइएको खनालको भनाई छ ।






